जसपाले देशभर सरकार बिरुद्ध प्रदर्शन गर्ने

जसपाले देशभर सरकार बिरुद्ध प्रदर्शन गर्ने

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पुष २४ काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ ।
पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् ।
पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।
पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ।

विज्ञप्ति हेर्नुस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ