पुष २३ काठमाण्डौं । नेपालमा आज ४१२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५१३२ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
यसै गरी २४ घण्टामा ४८३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । यो ९७.४ प्रतिशत हो ।
यसै गरी २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।
अब सक्रिय संक्रमित ५ हजार ५८ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline