पुष २३ काठमाडौं । संसद विघटनलाई शुरुमा असंवैधानिक भएको प्रतिकृया दिएर पार्टी विभाजनमा कतै पनि संलग्न नभएका नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको तर्क आज गरेका छन् ।
राष्ट्रिय सभामा आज बोल्दै गौतमले संसद विघटनको बिषयमा संवैधानिक ईजलाशमा बहस हुन थालेकाले यसलाई असंवैधानिक भन्न नमिल्ने गौतमले दाबी गरेका हुन् ।
संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै सडकमा दलहरु आन्दोलित बनेका बेला गौतमको यो भनाई आएको हो ।
अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्यो भने पनि त्यसलाई पनि असंवैधानिक नभन्ने तर्क गर्दै गौतमले प्रधानमन्त्रीले अल्पमतमा परेपछि राजीनामा दिएको भए पार्टी जोगिने दावी गरे ।
‘अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ भन्दै पार्टी एकता आफूले मेहेनत गरेर बनाएको पनि बताए ।
यसबीचमा पार्टी एकताका लागि अभियानै चाल्ने बताएका गौतमको यो अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।
प्रचण्ड माधव र ओली दुबै समुहले गौतमलाई तान्न कोसिस गरीरहेका छन् ।