नेपालको बिरोध पछि दशगजामा एसएसबीले हटायो अस्थायी पोष्ट

नेपालको बिरोध पछि दशगजामा एसएसबीले हटायो अस्थायी पोष्ट

  • बिहिबार, पुस २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो ।

बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए । सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताउनुभयो ।

“एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ”, उहाँले भन्नुभयो, “एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगाएका छौँ । भारतीयले गल्ती स्वीकार गर्दै पोष्ट हटाएका छन् ।” दशगजा क्षेत्र नेपाल भारतको सीमा छुट्याउने विन्दु भएकाले दुवै देशले कुनै पनि किसिमको गतिविधि गर्न पाउँदैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ