पुष २२ काठमाण्डौं । पुष ५ मा संसद विघटन गरे पछि आक्रोसित बनेका राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओली तानाशाही, अहंकारी भएको टिप्पणी गरेका छन् ।
आज नेकपा प्रचण्ड माधव समुहले आयोजना गरेको राजनीतिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले ओली अहंकारी भएको टिप्पणी गरे ।
उनले संकटकाल लगाउने,षडयन्त्र गर्ने तानाबाना बुनिरहेको सुन्नमा आएको भन्दै पुरानो व्यवस्था फर्काउन नदिने बाचा गरे ।
ओलीले गरेको असंवैधानिक र प्रतिगमनकारी कदमलार्ई परास्त गर्नुको बिकल्प नरहेको उनले नेपालले बताए ।
कार्यक्रममा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिदै संसद विघटन व्यवस्था बिरुद्धकै कु भएको बताए ।
उनले नेपालको परिवर्तन नरुचाएका भित्रि बाहिरी शक्तिहरुले यहाँको अस्थिरतामा खेल्न चाहिराखेको र त्यसको मतियार बनेर ओलीले विघटनको कदम चालेको दाबी गरे ।
काँग्रेस नेता मिनेन्द्र रिजालले ओलीको कदम राजा ज्ञानेन्द्रको जस्तै भएको भन्दै त्यो पतन भएर जाने बताए । उनले ओलीले बैशाखमा निर्वाचन गर्नका लागि घोषणा नगरेको पनि टिप्प्णी गरे ।
यस्तै जसपाका अध्यक्ष महन्त ठाकुरले आफूहरु कहिल्यै पनि प्रतिगमनको पक्षमा नरहेको टिप्पणी गरे ।