पुष २२ काठमाण्डौं । नेपालमा पटक पटक संसद विघटन हुने र कुनै पनि सरकारले पूर्ण पाँच बर्ष कार्यकाल पूरा गर्न नपाएको दृष्टान्तका कारण ७२ सालको संविधानमा प्रधानमन्त्रीलाई सजिलै संसद भंग गर्ने अधिकार दिएको थिएन ।
थर पार्टी भित्रको किचलोलाई देखाएर प्रधानमन्त्री ओलीले पुष ५ गते संसद विघटन गरे पछि नेकपा विभाजित भयो भने अन्य दलहरु पनि विरोधमा छन् । कानुन व्यवशायी नागरिक समाज सबै त्यसको बिरुद्धमा उभिईरहेका छन् ।
यस्तोमा पटक पटक सभामुख भएका वरिष्ठ अधिवक्ता समेत रहेका सुवास नेम्वाङ अहिले मौन बसेकामा सबैतिर आलोचना भईरहेको छ ।
नेकपा भित्र मात्र हैन, काँग्रेस र सामाजिक सञ्जालमा पहिला सुवास नेम्वाङले संसद विघटन प्रधानमन्त्रीले गर्न सक्दैन भनेर बोलेको भिडियो शेयर भईरहेको छ ।
उनले काँग्रेस नेता गगन थापाले आजै मात्रै पनि ट्वीटरमा सुवास नेम्वाङ नवोलेको प्रति दया लागेको बताएका थिए ।
अहिले नेम्वाङ नबोल्नुको मुख्य कारण भनेको ओली पक्षमा उनी विस्वास पात्र हुनु हो । उनी ओली समुहमा उभिएको र आफ्नै नेताले गरेको संसद विघटन विरोध गर्दा आफैलाई पार्टी भित्र अप्ठेरो पर्ने भएकाले नेम्वाङ मौन रहने गरेको धेरैको अनुमान छ ।