काठमाडौं, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ५५१ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline