के प्रदेश संभा पनि विघटन गर्ने तयारी हो ? यसो भनिन् मन्त्री तुम्बाहाम्फेले

के प्रदेश संभा पनि विघटन गर्ने तयारी हो ? यसो भनिन् मन्त्री तुम्बाहाम्फेले

  • सोमवार, पुस २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मोरङ पुष २० । प्राय अधिकांश प्रदेशमा आफ्नो समुह अल्पमतमा परेको देखिए पछि प्रधानमन्त्री ओलीले प्रदेश सभा विघटन गर्न सक्ने विभिन्न आकंलन भईरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् ।
प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् ।

उनले संसद विघटनको बिषयमा संविधानमा स्पष्ट उल्लेख नभएको भने स्वीकार गरिन् ।
पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको चौतर्फी बिरोध हुँदै आएको छ ।
प्रदेश १ मा ओली समुहका शेरधन राई मुख्य मन्त्री बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव दर्ता गरिसकेको छ भने बागमति प्रदेशमा पनि ओली समुह निकट मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ ।
सुदुर पश्चिम र कर्णाली प्रदेशमा प्रचण्ड माधव समुह स्पष्ट बहुमत सहित ढुक्क रहेका छन् । प्रदेश ५ र प्रदेश ४ मा ओली समुह केही बलियो रहेको छ । त्याहाँ अविस्वासको प्रस्ताव दर्ता भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ