पुष १९ सुर्खेत । सुदुरपश्चिम प्रदेशमा निकै कमजोर बनेको ओली समुहलाई कर्णाली प्रदेशमा पनि झड्का लागेको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम बहादुर रोकायाले ओली समुह परित्याग गरी प्रचण्ड माधव समुहमा सामेल भएका छन् । यो सगैँ कर्णालीमा प्रचण्ड माधव समुह २१ संख्या सहित स्पष्ट बहुमतमा रहको छ । यसले गर्दा कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको कुर्सी जोगिने निश्चित भएको छ । कर्णालीमा कुल ४० प्रदेश सभा सदस्य छन् ।
यस्तै सुदुरपश्चिम प्रदेश सरकार पनि प्रचण्ड माधव समुहकै पकडमा देखिन्छ ।
लुम्वीनी र गण्डकी प्रदेशमा ओली पक्ष बलियो रहेको छ । बागमति प्रदेशमा प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव पेश गरीसकेको छ भने प्रदेश १ मा पनि मुख्यमन्त्री शेरधन राई बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव पेश गरीसकेको छ । प्रदेश १ मा पनि ओली समुह कमजोर रहेको छ । यद्यपि दुवै प्रदेशमा काँग्रेसको साथले निर्णायक भूमिका खेल्ने देखिन्छ ।