संसद विघटन बिरुद्ध काँग्रेसले पुष २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

संसद विघटन बिरुद्ध काँग्रेसले पुष २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं पुष १९। संसद विघटनविरुद्ध आन्दोलित नेपाली काँग्रेसले प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम प्रस्तावित भएको छ । पदाधीकारीको बैठकले कार्यक्रम तय गरेर केन्द्रीय समितिमा पेश भएको छ । यस अघि उसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदेशको ३३० निर्वाचन क्षेत्रमा आन्दोलन हुने नेताहरुले बताए ।
त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ । बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ