पुष १९ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलनबारे नेपाली काँग्रेस भित्र छलफल शुरु भएको छ । यस अघि प्रदर्शन गरे पनि पार्टी सभापति देउवा आन्दोलनका लागि तयार नभएको भन्दै आलोचना भएको थियो । तर पछि देउवाले अपील जारी गरेर पुष १३ गतेको आन्दोलनमा सहभागी हुन अपील गरेका थिए ।
काँग्रेस भित्र पौडेल पक्ष भने आन्दोलन चर्काउनु पर्ने पक्षमा उभिदै आएको छ ।
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा वडादेखि नै संघर्ष गर्ने गरी प्रस्तावबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बिषयलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline