राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटनको कारण आज सर्वोच्चमा पेश गर्दै

राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटनको कारण आज सर्वोच्चमा पेश गर्दै

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पुष १९ काठमाण्डौं । काठमाडौं । पुष ५ मा भएको संसद विघटनमा परेको रिटमा सर्वोच्चले दिएको आदेश अनुसार आज राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट जवाफ पेश हुँदै छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले दिएको म्याद सकिनै लाग्दा राष्ट्रपति कार्यालयले आज जवाफ दिन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले यही पुस १९ गते भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले आज लिखित जवाफ पेश गर्दैछ । इजलासको आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने भएको हो ।

यही पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानुनी औचित्य पुष्टि गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।

यस्तै मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिससहितको निर्णय, अविश्वासको प्रस्तावका लागि पेस भएका कागजात, कुन प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने कागजातसँगै एमिकस क्यूरी मगाउन आदेश दिएको थियो ।

यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो । विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन बढी रिट दायर भएका छन् ।
त्यो मुद्धा प्रधानन्यायधीशको नेतृत्वमा संवैधानिक ईजलासमा बिचाराधीन छ भने १७ गते एमीकस क्युरी गठन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ