कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, संघर्षका कार्यक्रम घोषणा गर्न नेतृत्वलाई दबाब दिने पौडेल पक्षको तयारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, संघर्षका कार्यक्रम घोषणा गर्न नेतृत्वलाई दबाब दिने पौडेल पक्षको तयारी

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, १९ पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ ।बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो ।

बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले जानकारी दिए ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलनमार्फत् अदालतलाई दबाब दिन नहुने पक्षमा छन् ।

सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले आजदेखि केन्द्रीय समिति बैठक फेरि शुरु हुने भए पनि सर्वोच्चको निर्णय नआएसम्म संसद विघटनका सम्बन्धमा कुनै निर्णय नहुने बताए ।
उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध सडक संघर्षका कार्यक्रम घोषणा गर्न नेतृत्वलाई दबाब दिने तयारी गरेको छ । आजको बैठकमा पौडेल र उनीपक्षीय सदस्यले संसद् विघटन र संवैधानिक परिषद्को सिफारिसविरुद्ध तत्काल सडक संघर्षका कार्यक्रम घोषणा गर्न नेतृत्वलाई दबाब दिने भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ