सुदुर पश्चिम पदेशमा ओली समुह कमजोर, जम्मा ६ जना प्रदेश सांसद ?

सुदुर पश्चिम पदेशमा ओली समुह कमजोर, जम्मा ६ जना प्रदेश सांसद ?

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.9K
    SHARES

पुष १९ कैलाली । सुदुर पश्चिम प्रदेशमा नेकपा ओली समुह केही कमजोर देखिएको छ । प्रदेश सभाका जम्मा ६ जना सांसदले आफूहरु ओली समुहमा रहेको बताएका न् । हिजो बोलाईएको संसदीय दलको बैठकमा प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले निर्णयमा हस्ताक्षर नगरी ओली पक्षमा रहेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ।

बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दावी प्रचण्ड माधव समुहले गरेको छ ।
प्रदेश सभाको ५३ सांसद मध्य ३९ जना नेकपाको मात्रै रहेको छ । सुदुरपश्चिमका प्रभावशाली नेता भीम रावल पनि प्रचण्ड माधव समुहमै रहेका छन् । हिजोको संसदीय दलको बैठकमा उनी पनि उपस्थित थिए ।
सुदुरपश्चिमका अर्का नेता लेखराज भटट ओली समुहमा लागेर उद्योग मन्त्रालय सम्हालीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ