पुष १८ काठमाण्डौं । पुष ५ गते संसद विघटन गरिएको बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आज दिउसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यक्रम सार्वजनिक गर्ने छन् ।
यस अघि पुष १४ गते राजधानी सहित देशभर सो समुहले बिरोध प्रदर्शन र सभा गरेको थियो ।
त्यस पछि सँयुक्त संघर्षका लागि काँग्रेस, जसपा लगायतका दलसँग पहल गरे पनि संभव नभए पछि सो समुहले एक्लै आन्दोलन चलाउने भएको हो ।
यस पटक पालिका, वडा तहहरु केन्द्रीत प्रशिक्षण र विरोध कार्यक्रम , प्रदेश स्तरका संघर्षका कार्यक्रम हुने जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि विभाजित बनेको नेकपाको प्रचण्ड माधव समुह संसद र पार्टी केन्द्रीय समितिमा बहुमतमा रहेको छ ।
यो समुहले संसद पुनस्थापनाको बिकल्प नभएकोमा जोड दिईरहेको छ ।