काठमाडौं पुष १७ । नेकपा विभाजित भईसकेको अवस्थामा समेत नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगिने संभावना जीवितै रहेको बताएका छन् ।
आज राष्ट्रिय सभाको बैठकबाट बाहिरीने क्रममा गौतमले कानुनी रुपमा नेकपा विभाजित भईनसकेका कारणले एकता जोगाउने संभावना रहेको दाबी गरे ।
प्रतिनिधि सभाको विघटन सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा रहेका कारण फैसला अघि वा पछि पनि पार्टी एकताको संभावना रहने र त्यसका लागि आफूले अभियान चलाउने बताए ।
देशभरबाट दशौँ हजार नेता कार्यकर्ता पार्टी एकताको पक्षमा आफूसगँ रहेको गौतमले बताए ।
आज उनले प्रचण्डलाई खुमलटारमा भेटेका थिए । नेकपा विभाजन भए पछि गौतम कुनै पनि पक्षमा लागेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline