नेकपा जुट्नुको बिकल्प छैन: मन्त्री आलेमगर

नेकपा जुट्नुको बिकल्प छैन: मन्त्री आलेमगर

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

डोटी, १७ पुस । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उहाँले जनताको चाहना र अपेक्षाअनुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, हामी जुट्नुको विकल्प छैन ।”

मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “सुदूरपश्चिम प्रदेशका एकैसाथ चार जना मन्त्री भएका छौँ, चारै जना मिलेर यहाँको विकास गर्ने छौँ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ