प्रचण्ड माधव समुहद्धारा ओली समुहका प्रदेश २ संसदीय दलका नेता मण्डल बिरुद्ध अविस्वास प्रस्ताव दर्ता

प्रचण्ड माधव समुहद्धारा ओली समुहका प्रदेश २ संसदीय दलका नेता मण्डल बिरुद्ध अविस्वास प्रस्ताव दर्ता

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पुष १७ जनकपुर । संसद विघटन र नेकपा विभाजनसँगै चर्किएको आन्तरीक कार्बाही र निष्कासन एवं अविस्वासको प्रस्तावले प्रदेश दुईमा पनि पवेश पाएको छ । जहाँ नेकपाको सरकार भने छैन । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ।
मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ।
प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।

महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । यद्यपि दाहाल( नेपाल समूहमा २० जना प्रदेश सभा सदस्यहरूको समर्थन रहेको उनको दाबी छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको रहेको छ ।

मण्डललाई केही दिन अगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्जमा नियुक्त गरेको थियो।
प्रचण्ड माधव समुहले प्रदेश दुईमा पनि संसद विघटन बिरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ ।

प्रदेश २ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउनका लागि १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरेको छ।

दाहाल(नेपाल समूह प्रदेश २ को सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा प्रदेश संघर्ष समिति गठन गरिएको जनाएको छ ।

पुस १८ गतेदेखि पालिका तथा वडा वडामा संघर्षका कार्यक्रमहरू अगाडि बढाइने सो समुहले जनाएको छ । नेकपाको दाहाल-नेपाल समूहका अनुसार नेकपाको केन्द्रीय कमिटीको ६४ मध्ये ४५ केन्द्रीय कमिटी सदस्य, २ सय १४ प्रदेश कमिटी सदस्यमध्ये १ सय ३४ जना, १६ प्रतिनिधिसभा सदस्यमध्ये ११ जना र ४ जना राष्ट्रियसभा सदस्यमध्ये २ राष्ट्रिय सभा सदस्य प्रचण्ड नेपाल समुहमा रहेका छन् ।
प्राय प्रदेशहरुमा नेकपा ओली समुह भन्दा प्रचण्ड माधव समुह बहुमतमा रहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ