प्रचण्ड षड्यन्त्रकारी रहेछन् जति साबुन पानीले धुँदा पनि भएनः प्रधानमन्त्री ओली

प्रचण्ड षड्यन्त्रकारी रहेछन् जति साबुन पानीले धुँदा पनि भएनः प्रधानमन्त्री ओली

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

पुष १५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड षड्यन्त्रकारी रहेको र जति साबुन पानीले धुँदा पनि नभएको टिप्पणी गरेका छन् ।
“प्रचण्डलाई धुन तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’ ओलीले कटाक्ष गरे ।
आज बबरमहलमा सुदुरपश्चिम प्रदेशका ओली समुहका कार्यकर्तालाई संवोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूले षड्यन्त्रकारी नीति छोड्न जति भने पनि प्रचण्डले नमानेको भन्दै उनले प्रचण्ड धृतराष्ट्र जस्तो भएको तर्क गरे ।
छोरीलाई मेयर बनाउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्रलाई धुजा धुजा पारेको ओलीले तर्क गरे ।
यस अघि हिजो भएको बिरोध सभामा प्रचण्डले ओलीलाई तानाशाही र गणतन्त्र बिरोधी भएको भन्दै अब पत्तासाफ हुने चेतावनी दिएका थिए ।
अहिले नेकपाको दुबै समुह एक अर्कालाई आरोप प्रत्यारोप गर्न व्यस्त छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ