काठमाडौँ पुष १५ । नेपालमा आज ५११ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ११० जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
त्यसैगरी आज ६०० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । यो भनेको ९६.९ प्रतिशत हो ।
यस्तै आज कोरोनाबाट ७ को मृत्यु भएको छ । अहिले सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline