पुष १५ काठमाण्डौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भन्दै परेको रिटको सुनुवाई आज स्थगित भएको छ ।
रिटमाथिको सुनुवाइ भोलि हुने भएको छ । १० गते मन्त्रीपरिषद् विस्तार र पुनर्गठन भए पछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र लोकेन्द्र ओलीले यसलाई बदर गर्न माग गर्दै रिट दिएका थिए ।
गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए। उक्त रिटको पेशी आजको लागि तोकिएको थियो।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड(नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline