जेष्ठ नागरिकलाई न्यानो बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

जेष्ठ नागरिकलाई न्यानो बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

भकुण्डेबेशी–जाडो बढेसँगै नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरु सिरक र पछ्यौरा बोकेर जेष्ठ नागरिकको घरघर पुग्न थालेका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं। ४ को आयोजनामा मंगलबारदेखि वडाभित्रका जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण सुरु गरिएको हो । मंगलबार बिहान वडा कार्यालयमा आयोजित कार्यक्रममा ७० बर्षमाथिका जेष्ठ नागरिकलाई नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायतले सिरक र पछ्यौरा वितरण गर्दै कार्यक्रमको सुरुवात गरे । अब वडाका सबै टोलमा पुगेर सिरक र पाछ्यौरा वितरण गरिने वडा कार्यालयले जनाएको छ । वडाभित्रका ७० बर्ष नाघेका ९२ जना जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण गरिनेछ । वडा कार्यालयले चालु आर्थिक बर्षका लागि जेष्ठ नागरिकका लागि छुट्याइएको बजेटबाट सिरक वितरण गरेको हो । यस्तै नगर उपप्रमुख रामदेवी तामाङले व्यक्तिगत तर्फबाट पछ्यौरा उपलव्ध गराएकी छन् ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले विगतदेखि नै कार्यक्रमहरु गर्दै आएको र सहयोग निरन्तर रहने बताए । कोही पनि जेष्ठ नागरिकले एक्लो र बेसहारा महसुस गर्नुनपर्ने बताए । नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरेको जानकारी दिँदै उनले कान नसुन्ने जेष्ठ नागरिकका लागि आवश्यक मेसिनको प्रबन्ध गर्ने तयारी गरेको पनि बताए । यस्तै उपप्रमुख रामदेवी तामाङले जेष्ठ नागरिकलाई आफूले सुविधामार्फत पाउने रकमबाट सानै भए पनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरिन् । धर्मका लागि मन्दिर धाउन नपर्ने भन्दै उनले जेष्ठ नागरिकको सेवा र सम्मान गर्दा नै पुण्य प्राप्त हुने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जेष्ठ नागरिकको साथमा राज्य छ भन्ने अनुभूति दिलाउन सहयोग गरेको बताए । उनले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्दै बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको, बैंकसम्म जान नसक्ने जेष्ठ नागरिकका लागि आगामी दिनमा घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाउने बताए । जेष्ठ नागरिकका लागि चौतारो निर्माण लगायतका कार्य पनि नगरपालिकाले गरेको उनले बताए । यस्तै वडा अध्यक्ष उद्धवप्रसाद काफ्लेले विगतका बर्षमा पनि वडाले बजेट विनियोजन गर्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताउँदै यो बर्ष जाडोका कारण कोही पनि जेष्ठ नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले सिरक वितरण गरिएको बताए । उनले वडाका सबै टोलटोलमा पुगेर सिरक वितरण गर्ने जानकारी दिए । यस्तै वडा सचिव सरस्वती पण्डित कार्कीले कोभिड १९ विगतदेखि नै लठ्ठी, टर्चलाइट लगायतका सामग्री वितरण गरिएको र यो बर्ष सोही अभियानलाई निरन्तरता दिँदै सिरक वितरण गरिएको बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी