केपी ओलीले संविधान बिरोधी अपराधी भँए भनेर नसच्चिदा सम्म जनताले माफी दिने छैनन् : प्रचण्ड

केपी ओलीले संविधान बिरोधी अपराधी भँए भनेर नसच्चिदा सम्म जनताले माफी दिने छैनन् : प्रचण्ड

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

पुष १४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले वाम गठबन्धन र पार्टी एकताको लागि आफूले नै केपी ओलीलाई प्रस्ताव गरेको तर तीन वर्ष नवित्दै ओलीले कसैले गर्न नसक्ने प्रतिगमनकारी कु गरेको भन्दै अहिले आफूलाई पश्चाताप लागेको बताएका छन् ।
केपी ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता बिरोधी भन्ने थाहा हुँदा हुँदै पनि आधी हुरी आए पछि मान्दिए भनेकाले सच्चिए होलान् भनेर पार्टी एकता गरी प्रधानमन्त्री पनि बनाईयो तर उनको सिद्धान्त अझै पनि माक्र्सवाद नभई बयलगाढै रहेको स्पष्ट भएको प्रचण्डले बताए ।

केपी ओलीले संविधानको मर्म र भावना बिपरीत संसद विघटन गरेको भन्दै देश बिदेशमा रहेका नेपालीहरुलाई सचेत हुन प्रचण्डले अपील गरे ।
प्रतिनिधि सभा अझै भंग भएको छैन, केवल केपी ओलीको सरकार भंग भएको हो , केपीले कलंकको टिका लगाएका छन् र ईतिहासबाट यो नमेटिने प्रचण्डले चेतावनी दिए ।
केपी ओलीले आफू संविधान बिरोधी र अपराधी भएको भनेर नसच्चिदा सम्म नेपाली जनताले माफी नदिने प्रचण्डले चेतावनी दिए ।
प्रचण्डले सर्वोच्च अदालतले जनताको भावना र संविधानको आधारलाई सम्मान गर्ने विस्वास व्यक्त गरे ।
जनताको, वौद्धिक जमातको राजनीतिक पार्टीहरुको भावना विपरीत अदालत जाने छैन भन्नेमा आफूले भरोसा गरेको उनले बताए ।
अहिले आन्दोलनको शुरुवात मात्रै भएको भन्दै प्रचण्डले यदी संविधानमाथिको प्रहारलाई सच्याउने कोशिस गरिएन भने आन्दोलनको आँधीहुरी आउने दाबी गरे ।
“ म प्रतिगमनका पक्षपातीहरुलाई खबरदारी गर्न चाहन्छु, समयमै गल्ती सच्याएनौ भने अढाई सय बर्ष पुरानो राजतन्त्रलाई फाल्न सक्ने जनताले निरकुशताका पूजारीलाई सजिलै बढार्नेछन् ” प्रचण्डले चेतावनी दिए ।
ओलीले एक वर्ष अघि देखिनै लोकतन्त्रमाथि प्रहार गर्दै पार्टी विभाजन गर्न खोजेको प्रचण्डको दाबी छ ।

पटक पटक अध्यादेश ल्याउदै जनतालाई कोरोनाबाट जोगाउने भन्दै पार्टी फुटाउने तिर मात्रै ध्यान दिएको भन्दै ओलीले पार्टी भित्र समेत आफूलाई बोल्न नदिएको गुनासो गरे ।

तपाईले त सक्नु भएछ त भन्दा ओलीले अब जे भयो भयो तपाई हामी मिलेर चुनावमा जानु पर्छ भनेको स्मरण गर्दै प्रचण्डले के को चुनाव ? तपाई संविधानको हत्या गर्ने अनि तपाईले चुनाव गराउने ? भनेर आफूले प्रश्न गरेको प्रचण्डले बताए ।

तपाईहरु के के गर्न सक्नु हुन्छ गर्नुस्, हामी छाड्ने वाला छैनौ, प्रचण्डले भने । ओलीले एक दिन बैठकका बेला आफ्नो कुर्सी समेत सचिवालयको तिर सारिदिएको स्मरण पनि गरे ।

आउने बैशाख सम्म ओली प्रधानमन्त्री रहने र त्यस पछि पत्तासाफ हुने प्रचण्डले दाबी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ