पुष १४ कैलाली । नेकपाको विभाजनको असरले प्रदेश सरकारहरुमा पनि बर्खास्ती र अविस्वास प्रस्तावको लहर चलेका बेला सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केपी ओली पक्षीय भौतिक योजना तथा विकास मन्त्री पठानसिंह वोहरालाई बर्खास्त गरेका छन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले मन्त्री वोहरालाई पदमुक्त गरेको जानकारी प्रदेश प्रमुखलाई लेखेर पठाइएको छ ।
उनलाई बखास्त गर्नु अघि मुख्य मन्त्री भट्टले फोन गरेर तपाई कतातिर हो ? भनेर सोधेपछि बोहराले म त राजधानी तिर छु, ओलीले नेतृत्व गरेको पार्टीमै छु भनेर जवाफ दिए पछि आजै उनलाई बर्खास्त गरिएको स्रोतले जनाएको छ । भट्ट प्रचण्ड माधव पक्षीय मुख्य मन्त्री हुन् ।
यस अघि प्रदेश १ का ओली पक्षीय मुख्य मन्त्री शेरधन राईले अर्थमन्त्री ईन्द्र आङबोलाई बर्खास्त गरेका थिए ।
७ मन्त्री रहेको सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित ३ जना माओवादी, ३ जना माधव पक्ष र वोहरा केपी ओली पक्षका थिए। अहिले पार्टी बिभाजन भएपछि मुख्यमन्त्रीसहित ५ जना प्रचण्ड माधव पक्षमा छन्। आन्तरिक मामिला तथा योजना मन्त्री झपट वोहरा ओली पक्षमा देखिएका छन्।
३९ जना रहेको नेकपामा प्रचण्ड माधव पक्षको बहुमत रहेको छ।