पुष १४ काठमाण्डौं । आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ मा संसद विघटन गरेको बिरोधमा नेकपा प्रचण्ड माधव समुहले आज आयोजना गरेको बिरोध र्याली शुरु गरेको छ ।
उपत्यकाको विभिन्न स्थानबाट शुरु भएको र्याली भृकुटीमण्डप तर्फ आउने क्रम जारी छ ।
र्यालीमा दशौं हजार कार्यकर्ता सहभागी देखिएका छन् । आज राजधानीमा ५० हजार भन्दा बढी कार्यकर्ता उतार्ने नेकपाले घोषणा गरेको थियो ।
आज राजधानी बाहेक अन्य जिल्लाहरुमा पनि प्रदर्शन गरिदैछ । संसद पुनस्थापना हुनु पर्ने माग सहित नेकपा आन्दोलित भएको हो ।
यस अघि हिजो काँग्रेसले प्रदर्शन गरेको थियो । प्रचण्ड , माधव कुमार नेपाल र झलनाथ खनाल सहित शीर्ष नेताहरुले र्यालीको अगुवाई गरीरहेका छन् ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline