काँग्रेस हाम्रो असल मित्र हो : चीन

काँग्रेस हाम्रो असल मित्र हो : चीन

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

पुष १४ काठमाडौँ । नेपाल भ्रमणमा आएका चीनीया कम्युनिष्ट पार्टीको उच्च स्तरीय प्रतिनिधि मण्डलले आज काँग्रेस सभापति शेर बहादुर देउवासगँ भेटवार्ता गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा रहेको टोलीले देउवासगँको भेटमा काँग्रेस असल मित्र भएको जनाएको हो । भेट देउवा निवासमा भएको हो । देउवालाई चीनीया टोलीले चीन भ्रमणको निम्तो समेत दिएको छ ।
आईतबार आएको टोलीले यस अघि राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतकासगँ भेटवार्ता गरेका थिए ।
सो भेटवार्तामा देउवाकाका साथ डा. नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई पनि सहभागी थिए ।

भेटमा चीनीया टोलीले बिपी कोईरालाको पालादेखि नै काँग्रेससगँ असल सम्बन्ध रहेको भन्दै आज पनि काँग्रेस असल मित्र रहेको बताएका थिए ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ