विप्लव, वैद्य,कट्टेल र आहुती नेतृत्वको पार्टीबीच रणनीतिक मोर्चा बनाउने सहमति (विज्ञप्ति सहित )

विप्लव, वैद्य,कट्टेल र आहुती नेतृत्वको पार्टीबीच रणनीतिक मोर्चा बनाउने सहमति (विज्ञप्ति सहित )

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.8K
    SHARES

पुष १४ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, क्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैकल्पिक समाजवादी पार्टीबीच रणनीतिक मोर्चा निर्माण गर्ने सहमति भएको छ ।
चारै पार्टीका प्रमुखले आज एक सँयुक्त विज्ञप्ति जारी गरी केपी वली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको उल्लेख गरेका छन् ।
यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
“केपी वलीको कदम निरङ्कुश एवम् फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो । ” विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्तिः

https://www.mirmireonline.com/wp-content/uploads/2020/12/Sayukta-4-party-pres-2077-9-14.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ