संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्ने, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्ने, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

१४ पुष, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । ७७ वटै जिल्लमा बिरोध प्रदर्शन गर्न लागेको सो समूहले काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दावी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस सुरु हुने छन् । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ ।

ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकपाले जनाएको छ । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दावी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ । तर नेकपाको आधिकारिकताको विवाद टुंगिन झण्डै दुई महिना लाग्ने सम्भावना देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ