पुष १३ काठमाण्डौं । नेपालमा आज ६५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ल्याबमा ५५७८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ अहिले सम्म कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
यस्तै आज ७१८ जनाले कोरोना जीतेर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । कोरोनामुक्त हुने दर ९६.८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । कोरोनाबाट हाल सम्म १८ सय ३२ जनाको मृत्यु भईसकेको छ ।
देशभर अब ६ हजार ४४५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline