चिनियाँ प्रतिनिधिमण्डलद्धारा माधव कुमार नेपालसँग भेटवार्ता

चिनियाँ प्रतिनिधिमण्डलद्धारा माधव कुमार नेपालसँग भेटवार्ता

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोलीबीच भेटवार्ता हो ।
भेटवार्तामा संसद विघटन र नेकपा विभाजन पछिको अवस्थाका बारेमा छलफल भएको बताईएको छ ।

आजै बिहान चीनीया टोलीले नेकपाका अध्यक्ष प्रचण्डसगँ भेटवार्ता गरेको थियो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

जसपाका नेता बाबुराम भट्टराई र काँग्रेसका केही नेताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ