चिनियाँ टोली र नेकपा अध्यक्ष प्रचण्डबीच खुमलटार भेटवार्ता जारी

चिनियाँ टोली र नेकपा अध्यक्ष प्रचण्डबीच खुमलटार भेटवार्ता जारी

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक भेटवार्ता जारी राखेको छ । यसैक्रममा अहिले टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरिरहेको छ ।
प्रचण्डलाई भेट्न चिनियाँ टोली उनैकै निवास खुमलटार पुगेको हो ।
खुमलटारमा अहिले चिनियाँ टोली र प्रचण्डबीच भेटवार्ता जारी रहेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

सो टोलीले आजै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ ।

यसअघि आइतवार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ