आज काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्दै

आज काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्दै

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पुष १३ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको बिरुद्ध नेपाली काँग्रेसले आज देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा जीतेका वा उम्मेद्धार रहेका नेताहरु आ आफ्नो क्षेत्रमा जाने काँग्रेसले निर्णय गरेको छ । यस अनुसार अन्य नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रमा गए पनि सभापति शेर बहादुर देउवा भने भक्तपुर जाने भएका छन् ।
काँग्रेसले दिउसो र्याली र विरोध सभाको तयारी गरेको जनाएको छ ।
काँग्रेस भित्र आन्दोलनको पक्ष विपक्षमा चर्का चर्की परे पछि पौडेल पक्षको दबाबमा सभापति देउवा आन्दोलनको कार्यक्रम तय गर्न तयार भएका थिए ।
देउवाले यस अघि एक विज्ञप्ति जारी गरी यस प्रदर्शनमा सरीक हुन अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ