सङ्खुवासभामा प्रहरी र नेकपा कार्यकर्ताबीच दोहोरो भिडन्त भएको हैनः प्रकाण्ड

सङ्खुवासभामा प्रहरी र नेकपा कार्यकर्ताबीच दोहोरो भिडन्त भएको हैनः प्रकाण्ड

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पुष १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीलेका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले सङ्खुवासभामा पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त नभएको बताएका छन् ।

आइतवार विज्ञप्ति जारी गरि प्रकाण्डले सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा दोहोरो भिडन्त भएको हल्ला फिजाई सरकारले सर्वसाधारणमाथि दमन चलाएको भन्दै यस्तो कार्य जारी राखे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
उनले पार्टीका जिल्ला सेक्रेटरी युबराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी वहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचैर अचैत अवस्थामा पुन्याएको भन्दै प्रकाण्डले बिज्ञप्तिमार्फत घटनाको घोर निन्दा र भत्संना पनि गरेका छन् ।
साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन समेत गरिएको छ ।

सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गर्ने समेत प्रकाण्डको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ