पुष १२ पोखरा । नेकपा प्रचण्ड माधव समुहका नेता देवेन्द्र पौडेलले पञ्चायतकालमा अञ्चलाधीशले जस्तो पार्टी चलाउन खोजेको भन्दै अब निर्वाचन भए ओली समुहले एउटा वडा पनि निर्वाचन जीत्ने अवस्था नरहेको बताएका छन् ।
आज पोखरामा नेकपा कास्कीका अगुवा कार्यकर्ता भेलामा पौडेलले पूर्व माओवादीका नेता कार्यकर्ताले ओली समुहमा छु भनेर नाम मात्रै टिपाए पनि मन्त्री बन्ने अवस्था आएको ब्यग्य गरे ।
पौडेलले वामदेव गौतम सहित २० जना भन्दा बढीलाई अध्यक्षको पद बाँडेर आफ्नो कर्तुत जोगाउन खोजेको भन्दै अस्वस्थ छु भनेर सिंहदरबार समेत नजाने प्रधानमन्त्री ओलीले गुटभेलामा भने राति १२ बजे सम्म खटिने गरेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline