पुष १२ संखुवासभा । संखुवासभामा आज अपरान्ह शसस्त्र प्रहरी र जनपद प्रहरीको सँयुक्त गस्तीटोली र विप्लव नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको प्रहरीले बताएको छ ।
चैनपुर नगरपालिका ४ मैदानेमा नियमित गस्तीमा गएको प्रहरी टोलीमाथि ६- ७ राउण्ड फायर भए पछि प्रहरीले जवाफी फायर गरेको संखुवा सभा प्रहरी कार्यलयका ईन्सपेक्टर सन्तोष बुढाथोकीले जानकारी दिए ।
प्रहरीले १५ -१६ राउण्ड फायर गरेको ईन्सपेक्टर बुढाथोकीले जानकारी दिए । घटनामा कुनै मानवीय क्षति भने नभएको बताईएको छ ।
संखुवासभामा यस अघि पनि गोली हानाहानका घटना भएका थिए । विप्लव नेकपाले यस घटनाका बिषयमा कुनै प्रतिकृया सार्वजनिक गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline