पुष १२ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित दर घटिरहेको छ । पछिल्लो समय दैनिक एक हजार भन्दा कम मात्र संक्रमित थपिदै आएका छन् । आज मात्रै ४८१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर ३८२८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ । केही समय अघि दैनिक ५ हजार माथि सम्म संक्रमित पुगेका थिए ।
यसै गरी कोरोनाबाट डिस्चार्ज हुनेको संख्या र दर बढीरहेको छ । आज मात्रै ७३१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । हाल सम्म निको हुने दर ९६.८ प्रतिशत पुगेको छ । यो दक्षिण एशियाकै सबै भन्दा धेरै हो ।
यसै गरी २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सगैँ हाल सम्म मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।
दश देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ जना मात्र रहेका छन् ।