ओलीको कदमलाई काउन्टर दिन प्रचण्ड नेपाल समुहले पुष १४ गते काठमाण्डौंमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्ने

ओलीको कदमलाई काउन्टर दिन प्रचण्ड नेपाल समुहले पुष १४ गते काठमाण्डौंमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्ने

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

पुष १२ काठमाडौँ । पुष ५ गते प्रधानमन्त्री ओलीले पार्टी भित्र विवादको झाँेकमा संसद विघटन गरे पछि त्यसको प्रतिकारमा उत्रिएको प्रचण्ड माधव समुहले पुष १४ गते राजधानीमा बिशाल र्याली निकाल्ने भएको छ । देशभरबाट कार्यकर्ता जम्मा पारेर करीब ५० हजारदेखि १ लाख सम्मको मास प्रदर्शन गर्ने तयारी भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस अघि पनि साना ठूला प्रदर्शन जारी रहने र पार्टीको तल्लो कमिटि स्तरमा भेला बैठक जारी राख्ने उनले बताए ।
यसको व्यवस्थापन र तयारीका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति समेत यस अघि नै यस समुहले बनाएको छ ।
नेकपाको संसद र केन्द्रीय समितिमा पूर्ण बहुमत रहेको यो समुहले संसद पुनस्थापना गर्नु पर्ने माग गर्दै आएको छ ।
शक्ति प्रदर्शनबारे थप तयारी गर्न आज सचिवालयको बैठक समेत पेरिसडाँडामा बसेको थियो ।

यो समूहले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ