चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार काठमाडौं आउदैँ 

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार काठमाडौं आउदैँ 

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

पुस ११, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि गहिरिदैँ गएको राजनीतिक संकटकाबीच आइतवार उत्तरी चीनका अधिकारीहरूले नेपाल भ्रमणमा आउदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली आइतवार मध्यान्ह काठमाडौं आइपुग्ने छ । भ्रमण टोली बेइजिङबाट प्रस्थान गरिसकेको र छङ्तुको बाटो हुँदै आइतबार काठमाडौं आईपुग्ने बताईएको छ ।

संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टीमा विभाजन समेत आएपछि कृहिदिनअघिदेखि चिनियाँ राजदुत होउ यान्छिले ाजनीतिक भेटवार्ता गरिरहेकी छिन् । तर सोहि बिषयमा जानकारी लिदैँ त्यसबाट उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको भएपनि भ्रमणको उद्देश्यबारे चिनियाँ अधिकारीले प्रष्ट पारेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ