पुष ११ विराटनगर । संसद विघटन र नेकपाको विभाजन पछि तल्लो तहमा यसको असर शुरु भएको छ । प्रचण्ड माधव समुहले ओली समुहको नेतृत्व रहेको प्रदेशमा अविस्वासको प्रस्ताव ल्याउने क्रम शुरु भए पछि आज एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राईले अर्थमन्त्री ईन्द्र आङ्बोलाई बर्खास्त गरिदिएका छन् । आङ्बो पूर्व माओवादी समुहबाट पाँचथरबाट प्रदेश सभामा निर्वाचित भएका थिए । आफू बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरिरहेको भन्ने थाहा पाए लगत्तै मुख्य मन्त्री राईले उनलाई हटाईदिएका हुन् ।
उनले बर्खास्त भए पछि आफूले राजीनामा दिने तयारी नै गरीरहेको थिए भन्ने प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै २ बर्ष १० महिना काम गर्न दिनु भएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका छन् ।
मुख्य मन्त्री शेरधन राई ओली समुहमा रहेका छन् । प्रदेश १ मा ओली पक्ष अल्पमतमा रहेको छ । प्रचण्ड माधव समुहले एकल बहुमतका आधारमा प्रदेश सरकार परिवर्तन गर्ने संभावना रहेको छ ।