भौतिक सम्पतिमा पनि नेकपाभित्र लडाई, चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

भौतिक सम्पतिमा पनि नेकपाभित्र लडाई, चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

११ पुस,चितवन । प्रतिनिधिसभा विघटन पछि दुई टुक्रामा विभाजित नेपाल कम्युनिष्ट पार्टीको भौतिक सम्पति कस्ले नियन्त्रणमा लिने भन्ने होड चलेको छ । यसै क्रममा आज बिहानै चितवनको पार्टी कार्यालयमा पनि ओली समूहले ताला लगाएको छ ।

बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् ।
अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको जानकारी दिए ।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् । चितवनको नेकपा जिल्ला कमिटीमा भने प्रचण्ड माधव समूहको बहुमत छ ।

जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ