कम्युनिस्ट नेता स्वनाम साथीको निधन, आज अन्त्येष्टि गरिदैँ

कम्युनिस्ट नेता स्वनाम साथीको निधन, आज अन्त्येष्टि गरिदैँ

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

पुस ११, काठमाडौँ । कम्युनिस्ट नेता शशि शेरचन (स्वनाम साथी) को ७० वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उहाँको निधन भएको हो ।
गत असोज २८ मा कोरोना भाइरसको संक्रमण भएपछि स्वास्थ्य अवस्था बिग्रिंदै गएका स्वनाम संक्रमण मुक्त भईसक्नुभएको थियो ।
तर पाटन अस्पतालमा उपचारका क्रममा कोभिड–१९ को रिपोर्ट नेगेटिभ आए पनि निमोनिया भएपछि काठमाडौं मोडेल अस्पताल सारेर उहाँको उपचार भईरहेको थियो ।
म्याग्दीको अर्मनमा जन्मिएका स्वनामले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएउनुभएको थियो । लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका उहाँले हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।उक्त महाधिवेशनमा विधान मस्यौदा समिति संयोजक थिए ।

उहाँ आफूलाई ‘कम्युनिस्ट अभ्यासी’ भनेर चिनाउने गर्नुभएको थियो । तत्कालीन नेकपा ९एकता केन्द्र मसाल०, माओवादी केन्द्र हुँदै राजनीतिमा रहेका स्वनाम एकतापछिको नेकपामा भने कुनै भूमिकामा रहनुभएन ।

पछिल्लो समय उनी मार्क्सवादी स्कुल खोल्ने अभियानमा हुनुहुन्थ्यो ।
स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग विवाह गर्नुभएको थियो । स्वनामको अन्त्येष्टि शनिबार गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ