संसद्‍ विघटनको विरोधमा सोमबार देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

संसद्‍ विघटनको विरोधमा सोमबार देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले पुस १३ गते सोमबारको देशव्यापी प्रदर्शनलाई सशक्त बनाउने भएको छ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पुस १९ गतेसम्मका लागि स्थगित भएको छ। बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कार्यक्रमसमेत गर्ने भएको छ।
‘आजको बैठकले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले जानकारी दिए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा। मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरी लगायतले धारणा राखेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ