प्रचण्ड-नेपाल समुह कमजोर पार्ने ओलीको रणनीति, पूर्वमाओवादीका ५ जना मन्त्री नियुक्त

प्रचण्ड-नेपाल समुह कमजोर पार्ने ओलीको रणनीति, पूर्वमाओवादीका ५ जना मन्त्री नियुक्त

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपाको विभाजनसँगै प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रचण्ड नेपाल समूहलाई कमजोर बनाउने रणनिती अनुसार पूर्वमाओवादीका पाँच नेतालाई मन्त्री बनाएका छन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ । अहिले पनि नेताहरु दुबै समूहले आफ्नो पक्षमा पार्न तानातान गरिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ