पुष १० काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले संविधान बिपरीत प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु लोकतन्त्रको हत्या र तानाशाहीको नाङगो रुप भएकाले यसका बिरुद्ध सिंगो देश एकतावद्ध हुनु पर्ने बताएका छन् ।
माईतीघरमा धर्ना दिएर सर्वोच्च अदालत र निर्वाचन आयोग पुगे पछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले संसदमा विभिन्न विकल्प हुँदा हुँदै संसद विघटन गरिएकाले अर्को दुर्घटना नहोस् भनेर सचेत रहेको प्रचण्डले बताए ।
यसै गरी निर्वाचन आयोगमा ७० प्रतिशत बढी केन्द्रीय सदस्यको हस्ताक्षर सहित पत्र बुझाएकाले निर्वाचन आयोगले चुनाव चिन्ह र पार्टीको आधिकारीकता प्रदान गर्ने विस्वास व्यक्त गरे ।
यसै गरी उनले ओलीले एक तिहाई सदस्य लिएर हजार जना केन्द्रीय सदस्य थप्नु हास्यास्पद र नाटक भएको पनि प्रतिकृया दिए । बिहान साढे ५ बजे आफूले ओलीले संसद विघटन गर्ने तयारी गरेको सूचना पाए पछि आफू पार्टी एकता र सरकार जोगाउने विकल्प लिएर गएर भेट्न खोज्दा ११ बजे भेट्ने भनेको तर सहमति अनुसार बालुवाटारमा भेट नदिएको गुनासो प्रचण्डले गरे ।
त्यस अघि फोनमा पनि कुरा भएको तर सहमति विपरीत भेट नदिई कदम चालेको प्रचण्डले बताए ।
पत्रकारले सोधेका प्रश्नको जवाफ दिदै प्रचण्डले ओलीले प्रदेश सभा पनि भंग गर्ने कदम चाले त्यो मुर्खताले ईतिहासमा ओलीलाई ईतिहासले समाप्त पार्ने बताए ।