नारायणी अस्पताल दिन प्रतिदिन खस्कदै

नारायणी अस्पताल दिन प्रतिदिन खस्कदै

  • शुक्रबार, पुस १०, २०७७
  • -दिपक चौरसिया

  • 12.8K
    SHARES

वीरगंज, १० पुष । प्रदेश नम्बर दुईको सबै भन्दा पूरानो र ठूलो अस्पतालको रुपमा मानिने नारायणि क्षेत्रिय अस्पतालको अवस्था दिन प्रति दिन खस्कदै गएको छ । अस्पताल संचालक र औषधि अभावले गर्दा नारायणि क्षेत्रिय अस्पतालको अवस्था दिनप्रति दिन खस्कदै गएको हो ।

प्रदेश नम्बर दुईको सबै भन्दा पूरानो र ठूलो अस्पतालको रुपमा नारायणि क्षेत्रिय अस्पताललाई मानिए पनि ८ करोड रुपैयामा खरिद गरेको सिटिस्क्यान मेसिन बिग्रिएको छ भने जसकारण बिरामीहरु महंगो शुल्क तिरी बाहिर चेकजाच गराउन बाध्य भएका छन् । नेपाल सरकारले बिशेषज्ञले सेवा दिदै आएको दावी गरेपनि बिशेषज्ञहरुले आफ्नो कार्य गैर जिम्मेवारीपनले गर्दै आएको जनता समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले बताउनु भयो । उहाले नारायणी अस्पतालमा बिगतदेखी नै खराब हुदै गएको मेसिनरी समाग्रीहरु मर्मत संभार हुनु पर्ने बताउनु भयो । अध्यक्ष सरार्फले प्रदेश नम्बर २ कै पहिलो र ठुलो अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको बिषयमा बिभेद गरेको बताउनु भयो । नेपाल सरकारले पनि नारायणी क्षेत्रिय अस्पताललाई प्राथमिक्तामा राखेर ध्यान पु¥याए आउने दिनमा अवाश्यक्ता अनुसारको दरबन्दी, अवाश्यकता अनुसारको उपकरणहरु व्यवस्था गर्न सफल भयो भने बिरामीहरुमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

No description available.

वीरगंज क्षेत्रिय अस्पतालमा उपचार गराउन आउने बिरामीहरु समेत मारमा पर्दै गएका छन । उपचार गराउन आउने बिरामीहरुले प्रयोग गर्ने मोवाइल लगायतका सरसमानहरु समेत चोरी हुने गरेको रहस्य बाहिर आएको छ । नारायणी उपक्षेत्रिय अस्पतालबाट क्षेत्रिय अस्पतालमा परिणत भएपनि सुरक्षाको साथ साथै दिनप्रति दिन फोहर व्यवस्थापन हुन नसकेको हो । नारायणी क्षेत्रिय अस्पतालमा उपचार गराउन आएकी एक जना महिलाका अनुसार आफु उपचारमा रहेको र आफ्नो वेडमा राखिएको मोवाइल समेत चोरी भएको बताउनु भयो । पिडित महिलाले एक जना अपरिचित व्यक्तिले वेडमा पुगी वेडमा राखिएको मोवाइल लिएर गइरहेको अवस्थामा आफु कराइ राखे तर कसैले केही चासो नदेखाएको बताइन ।

No description available.

नारायणी क्षेत्रिय अस्पतालका मेडिकल सुप्रिटेन्डेट संजय ठाकुरले आफु आएको ४ महिना नबितिदै धेरै काम अगाडी गरेको ठोकुवा गर्नुभयो । उहाले नारायणी क्षेत्रिय अस्पतालमा बिगतको दिनहरुमा भएको कमिकजोरीलाई निहाल्दै अगाडी बढिरहेको बताउनु भयो । तर मेडिकल सुप्रिटेन्डेट संजय ठाकुरले स्थानीय राजनीति लगायत केही मिडियावाजीको कारण आफ्नो कार्यशैली माथी प्रश्ण उठेको स्विकार्नु भयो । अस्पतालका केही कमजोरी होलान, तर सबै चिकित्सकलाई समयानुसार उपस्थित भएर काम गर्न निर्देशन दिएको बताउनु भयो ।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तमाङले नारायणी क्षेत्रिय अस्पतालको चरम लापरवाहीको बिषयमा खबर पाउनसाथ छडके गरेको बताउनु भयो । जसमा मेडिकल सुप्रिटेन्डेट लगायत ३२ जना चिकित्सक अनुपस्थित रहेको बताउनु भयो । उहाले क्षेत्रिय अस्पतालमा मेडिकल सुप्रिटेन्डेट लगायत ३२ जना चिकित्सक अनुपस्थित रहेको र सबै जना संग ३ दिन भित्र लिखित मांग गरेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी आश्मान तमाङले लिखित स्वरुप आइसके पश्चात कानुन बमोजिम कारवाही गर्नबाट पछि नहटने बताउनु भयो ।

No description available.

नारायणी क्षेत्रिय अस्पतालको अवस्था दिन प्रति दिन बिग्रिदै गएको कारण सेवाग्राही मारमा परेका छन । नारायणी क्षेत्रिय अस्पतालको बिषयमा सम्बन्धीत निकायले समयमै ध्यान नपु¥याए आउने दिनमा बिरामी लगायत स्थानीयहरुको उपचार समस्या हुने सर्बविधितै छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ