निर्वाचन आयोग पुग्यो नेकपाको प्रचण्ड-नेपाल समूह

निर्वाचन आयोग पुग्यो नेकपाको प्रचण्ड-नेपाल समूह

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

पुस १०, काठमाडौँ । संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु आयोगको कार्यलय पुगेका छन् ।‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु सहभागी छन् ।
यसअघि माइतिघर मण्डलामा सडकमा बसेर केहिबेर प्रदर्शन गरेका उनीहरु आयोग पुगेका हुन् । तर आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ ।
निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी प्रचण्ड-नेपाल समूहले जानकारी दिने बताएको छ । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

आयोगमा पुगेर उनीहरुले नेपाल कम्युनिस्ट पार्टी र सूर्य चिन्हको आधिकारिकता आफुहरुमै रहेको जानकारी गराएका छन् ।प्रचण्ड–नेपाल समूहले आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ। आजै राजधानीमा पार्टी अध्यक्षको तर्फबाट २ बजे पत्रकार सम्मेलन गर्दैछन्। यो समूहले प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्ति गरिएको जानकारी दिइसकेका छन् । पार्टीको दुई तिहाइ बहुमतले गरेको निर्णयसहित सूर्य चिह्नमा आफूहरुको हक लाग्ने भन्दै आवश्यक कागजातसमेत आयोगमा पेश भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ