९ पुष, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि उनका सहयोगीले साथ छोडेका छन्।
बिहीबार बालुवाटारमा बसेको ओली समूहको बैठकमा थापा सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आफूले बादलसँगको साथ छाडेको बताएका छन् ।
केन्द्रीय सदस्यसमेत रहेका पथिकले फेसबुकमा स्टाटस लेख्दै बादलको साथ छोडेको जानकारी दिएका हुन्।उनले बादलको सचिवालय र राजनीतिक सल्लाहकारको दुवै भूमिकाबाट बाहिरिएको उल्लेख गरेका छन्।
उनले राजनीतिक र नैतिक दृष्टिले बादलको सहयोगी नरहेको उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, ‘गृहमन्त्री आदरणीय क।रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउँछु ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline