पुष ९ काठमाण्डौं । आज देशभर ६१३ जना कोरोना संक्रमित थपिएका छन् । देशभका ८० वटा ल्याबमा ५ हजार ५१० जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
यसै गरी आज ७३९ जना संक्रमित निको भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । यो भनेको ९६.४ प्रतिशत हो ।
यसै गरी कोरोनाका कारण २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या १८०८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline