ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

पुस ९, काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपामा केन्द्रिय कमिटी बैठक बालुवाटारमा बसिरहेको छ ।
बैठकले पार्टीको कार्यक्रम र निर्वाचनको तयारीबारे छलफल गरेर आगामी कार्यक्रम तय गर्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

बुधबार राजधानीका सात ठाउँमा केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय भेला गरेर नेताहरूले जनताको घरदैलोमा जान उनीहरूलाई निर्देशन दिएका छन् । त्यसको तयारीका लागि अहिले केन्द्रीय कमिटीको बैठक बसेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ