ओलीलाई थप झड्का दिदै पूर्व कानुन मन्त्री तामाङ प्रचण्ड माधव समुहमा फर्किए

ओलीलाई थप झड्का दिदै पूर्व कानुन मन्त्री तामाङ प्रचण्ड माधव समुहमा फर्किए

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पुष ९ काठमाण्डौं । आफूलाई कार्बाही गर्ने तयारी पाउना साथ बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएर ११ सय ९९ जनाको केन्द्रीय समिति विस्तार गरेका केपी ओलीलाई उनले मनोनयन गरेका र उनको पछि लागेका नेताहरुले नै एक पछि अर्को साथ छाड्न थालेका छन् ।
उनले मनोनयन गरेका मध्य देशभरका करीब डेढ दर्जन केन्द्रीय सदस्यले सो पद लिन अस्वीकार गरीसकेको सार्वजनिक भएको छ ।
त्यही क्रममा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले पनि आफूले ओलीको साथ छाडेको घोषणा गर्दै प्रचण्ड माधव पक्षमा फर्किएको बताएका छन् ।
उनी आज प्रचण्ड माधव नेतृत्वको समुहको बैठकमा भाग लिने तयारीमा रहेको बुझिएको छ । उनी सिन्धुपालचोक २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री हुन् ।
उनी यस अघि बालुवाटारको सांसद भेला र ओली समुहको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ